प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
वैशाख २०८०
अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-२९

बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-३ बस्ने २३ वर्षीय अजयमान चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय शिव थारु रहेका छन् । प्रहरी चौकी सम्झनाचोकबाट खटिएको प्रहरीले बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको भे.११ प १९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०१-२७

प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिमरुक गाउँपालिका-४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकमा भे.१ ख २२७१ नम्बरको टिपरले युपि ४० जे १२१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत बहराइच थाना रूपैडिया रामपुर बस्ने २५ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।
२०८०-०१-२१

मिति २०८०।०१।२१ गते नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्‍घाटन सम्पन्न गरियो ।उक्त समुद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुखज्यूबाट कार्यालयको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा आम नागरिकहरुसँग अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो । 

अवैध लागूऔषधसहित मानिस पक्राउ
२०८०-०१-२०

बर्दिया, गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।
२०८०-०१-१४

मिति २०८०।०१।१४ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले प्यूठान जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी चुँजाठाँटीको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।उद्‍घाटन पश्चात प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

नव-निर्मित प्रहरी चौकी भवन उद्घाटन सम्पन्न ।
२०८०-०१-०३

मिति २०८०।०१।०३ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।भवन उद्‍घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । साथै उक्त कार्यक्रममा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता एवं भवन निर्माणका लागि विषेश योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०१-०२

रुपन्देही, देवदह नगरपालिका-१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार देवदह नगरपालिका-२ बस्ने २३ वर्षीय युवराज सारु मगर र अटोमा सवार नवलपरासी सुनवल नगरपालिका-८ बस्ने २५ वर्षीया दिलमाया सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  हाल फरार अटो चालकको प्रहरीले खोजी गरिररहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<